शिभाली यु–१४ सिंगल्स च्याम्पियन

शिभाली गुरुङले तेश्रो वीर गणेशमान सिंह राष्ट्रिय टेनिस प्रतियोगिताको यु–१४ गल्र्स सिंगल्समा शुक्रबार स्वर्ण जितेकी छन्।

सातदोबाटोस्थित टेनिस कोर्टमा भएको फाइनलमा शिभालीले स्वस्तिका विष्टलाई ६–३ र ६–१ को सोझो सेटमा पराजित गरिन्। वीर गणेशमान सिंह फाउन्डेसन तथा वीर गणेशमान सिंह स्पोर्ट्स कमिटीद्वारा संयुक्त आयोजित प्रतियोगिताको भेट्रान ३५ वर्षमाथि पुरुष डबल्समा सन्तोष खत्री र सुवास बस्नेतको जोडी पहिलो भए। उनीहरुले महेश श्रेष्ठ र अनिल शाइको जोडीलाई सीधा सेटमा ६–३ र ६–४ ले हराए।

योसंगै प्रतियोगितामा समावेश विभिन्न २३ स्पर्धा मध्ये २० स्वर्णको छिनोफानो भइसकेको छ। बाँकी ३ स्पर्धाको फाइनल प्रतियोगिताको अन्तिम दिन शनिबार हुनेछ। त्यसदिन प्रतियोगिताकै २ मुख्य स्पर्धा पुरुष-महिला सिंगल्ससहित भेट्रान ३५ वर्षमाथि पुरुष सिंगल्सको फाइनल हुनेछ।

पुरुष सिंगल्समा प्रदीप खड्काले ऋतिक राणासंग खेल्ने छन्। महिला सिंगल्समा अभिलाषा विष्टले प्रकृति श्रेष्ठ विरुद्ध प्रतिस्पर्धा गर्ने छिन्। भेट्रान ३५ वर्षमाथि पुरुष सिंगल्समा कमलबहादुर भण्डारी र जितेन्द्र परियारबीच खेल हुनेछ।

प्रकाशित मिति: : 2023-11-10 15:53:00

प्रतिकृया दिनुहोस्