फिफा विश्वकप २०२६ छनोट अन्तर्गत दोस्रो चरणमा युएईविरुद्धको खेल खेल्ने नेपाली राष्ट्रिय टोलीले घोषणा गरेकाे छ।
अखिल नेपाल फुटबल संघ (एन्फा)ले शुक्रबार पत्रकार सम्मेलन गर्दै युएईविरुद्ध खेल्ने घाेषणा गरेकाे हाे।
नेपाल र युएईबीच खेल आगामाी कार्तिक ३० गते युएईको घरेलु मैदानमा हुँदैछ। नेपाली टोली आउँदो आइतबार युएई प्रस्थना गर्दैछन्।
यस्तो छ युएईविरुद्ध खेल्ने नेपाली टोली :
गोलकिपरः किरणकुमार लिम्बु, दीप कार्की, अभिषेक बराल
डिफेन्डरः सनिश श्रेष्ठ, रोहित चन्द, अन्जन राई, आशिष चौधरी, अमृत श्रेष्ठ, एरिक विष्ट, छिरिङ लामा, योगेश गुरुङ
मिडफिल्डरः लकेन लिम्बु, उत्सव राई, कृतिश रत्न छिन्जु, मनिष डाँगी, सेसेहाङ आङ्देम्बे, निशान हमाल
फरवार्डः अन्जन विष्ट, आयुष घलान, जिलेस्पी जंग कार्की, हिसुब थपलिया, सञ्जीव विष्ट, राजेश परियार