यमपञ्चकमा नेपाली कति पर्व कसरी मनाउँछन् ?

रातोपाटी

सूर्यकुमार पण्डित

तिहारलाई दीपावली पनि भनिन्छ । यो पर्व हिन्दुहरूको दसैँ पछिको ठूलो हो।

कोजाग्रत पूर्णिमाको १५ दिनपछि अथवा कार्तिक कृष्ण त्रयोदशीबाट सुरु हुने यो पर्व यस वर्ष (२०८०) कात्तिक २४ गते (कार्तिक कृष्ण त्रयोदशी) बाट सुरु भयो ।

यस वर्ष तिथिको घटबढले गर्दा धनतेरस द्वादशीकै दिन (कात्तिक २४) र कागतिहार २५ गते त्रयोदशीका दिन परेको छ । त्यसपछि क्रमशः कार्तिक कृष्ण चतुर्दशी वा नर्केचतुर्दशीका दिन कुकुरतिहार, २७ गते सोमबारे औँसी तथा लक्ष्मीपूजा, २८ गते गोवर्द्धन पूजा, म्हपूजा, बलिपूजा र २९ गते बुधबार कार्तिक शुक्ल द्वितीयामा भाइटीका, यमद्वितीया, किजापूजा परेको छ ।

यसरी २५ गतेदेखि २९ गतेसम्म पाँच दिनलाई यम पञ्चक पनि भनिन्छ । 

प्रकाशित मिति: : 2023-11-11 12:09:00

प्रतिकृया दिनुहोस्