टी–२० सिरिज खेल्न महिला टोली आज हङकङ जादैँ

Photo: CAN
Photo: CAN

हङकङमा आयोजना हुने चार देशसम्मिलित महिला टी–२० प्रतियोगिता खेल्न नेपाली महिला राष्ट्रि टोली आज हङकङ प्रस्थान गर्दै छ। 

आउँदो कार्तिक २९ गतेदेखि मंसिर २ गतेसम्म आयोजना हुने उक्त प्रतियोगितमा आयोजक राष्ट्रहङकङसहित नेपाल, जापान र तान्जानिया रहेका छन्। नेपालले आफनो पहिलो खेल कार्तिक २९ गते तान्जानियासँग खेल्दै छ। 

गत बिहीबार नेपाल क्रिकेट संघ (क्यान)ले इन्दु बर्मालाई नयाँ कप्तानमा नियुक्त गरेर प्रतियोगिता खेल्ने १४ सदस्यीय टोलीको घोषणा गरेको थियो।

त्यस्तै, नेपाली महिला राष्ट्रय टोलीको मुख्य प्रशिक्षकको रुपमा मनोज कटुवालाई नियुक्त गरेको छ। 

दोस्रो खेल नेपालले आयोज राष्ट्रहङकङसँग  कात्तिक ३० गते खेल्नेछ भने नेपाल र जापानबीच खेल मसिंर २ गते हुनेछ। 

प्रकाशित मिति: : 2023-11-12 11:32:00

प्रतिकृया दिनुहोस्