नवलपरासीमा जिप दुर्घटना, ६ जनाको घटनास्थलमै मृत्यु

बिएल संवाददाता

नवलपरासी पूर्व
तस्बिर: रासस
तस्बिर: रासस

नवलपरासी (बर्दघाट सुस्तापूर्व)को देवचुली नगरपालिका–९ मा जिप दुर्घटना हुँदा ६ जनाको घटनास्थलमै मृत्यु भएको छ भने एक जना घाइते भएका छन्।

आइतबार बिहान बौदीकाली गाउँपालिकाको माझडाँडाबाट दलदले बजारतर्फ आउँदै गरेको लु १ ज ३२७० नम्बरको जीप देवचुली नगरपालिका–९ गोरेघुम्तीमा दुर्घटना हुँदा भएको थियो।

जिल्ला प्रहरी कार्यालय नवलपरासी(बर्दघाट सुस्तापूर्व)का प्रहरी नायब उपरीक्षक बेदबहादुर पौडेलकाअनुसार दुर्घटनामा मृत्यु हुनेको परिचय खुलेको छैन।

जिप अनियन्त्रित भई सडक छेउको घरमा ठोक्किन पुगेकोपौडेलले बताए। 

प्रकाशित मिति: : 2023-11-12 13:08:00

प्रतिकृया दिनुहोस्