लेकाली युवा क्लबको आयाेजनामा ८० हजार पुरस्कार राशीको फुटबल प्रतियोगिता आइतबारदेखि सुरु भएको छ।
दिपावलीकाे अवसर पारेर सञ्चालन गरिएको फुटबल प्रतियाेगितामा १८ वटा टिम सहभागी भएका छन्।
प्रतियोगिताको पहिलो खेल फाेई कालीका र बौद्ध फुटबल क्लबबीच सञ्चालन भइरहेको छ भने दाेसाे खेल सिद्धिगुफा फुटबल क्लब र भुरिचुल्ला फुटबल क्लबबीच हुनेछ।
प्रतियोगितामा द्वितीय हुनेलाई ३५ हजार नगदसहित ट्रफी र मेडल प्रदान गरिने आयाेजक संस्था लेकाली युवा क्लबका अध्यक्ष सन्तोष खत्रीले बताए।
प्रतियाेगिता चन्दननाथ-१० स्थित जनज्योति मावि बारकाेटेबाडाकाे मैदानमा भइरहेकाे आयाेजकले जनाएको छ।