आइसिसी एकदिवसीय अन्तर्राष्ट्रिय विश्वकपकाे पहिलाे सेमिफाइनलमा आज (बुधबार) आयाेजक भारत र न्युजिल्याण्ड प्रतिस्पर्धा गर्दै छन्। खेल वानखेडे स्टेडियम, मुम्बईमा दिउँसाे २ : १५ बजेबाट हुँदैछ।
भारत समूह चरणका खेलबाट सतप्रतिशत जित निकाल्दै सेमिफाइनलमा पुगेकाे हाे। उसले आफ्नाे अपराजित यात्रालाई फाइनलसम्म पुर्याउन चाहन्छ।
न्युजिल्याण्ड भने समूह चरणका ९ मध्ये ५ खेल जितेर १० अंकसहित सेमिफाइनलमा पुगेकाे हाे। न्युजिल्याण्ड पनि लगातार ९ खेल जितेकाे भारतलाई राकेर उपाधिकाे दाबेदार बन्न चाहन्छ।
समूह चरणकाे दाेस्राे खेल भने भाेलि हुँदैछ।