विश्वकपकाे फाइनलमा पुग्न अस्ट्रेलिया र साउथ अफ्रिका भिड्दै

Photo: Agency
Photo: Agency

भारतमा जारी एकदिवसीय अन्तर्राष्ट्रिय विश्वकपकाे फाइनलमा पुग्न आज (बिहीबार) अस्ट्रेलिया र साउथ अफ्रिका भिड्दै छन्।

सेमिफाइनलकाे दाेस्राे खेलअन्तर्गत अस्ट्रेलिया र साउथ अफ्रिकाले दिउँसाे २ : १५ बजे काेलकत्तास्थित ईडन गार्डेन्समा प्रतिस्पर्धा गर्ने छन। विजेता टाेलीले उपाधिकाे लागि आइतबार आयाेजक भारतसँग प्रतिस्पर्धा गर्नेछ।

भारतले बुधबार न्युजिल्याण्डलाई पराजित गर्दै फाइनलमा स्थान बनाइसकेकाे छ।

साउथ अफ्रिका समूह चरणका ९ मध्ये ७ मा जित निकाल्दै शीर्ष दुइमा रहँदै सेमिफाइनलमा पुगेकाे हाे भने ९ मध्ये ७ खेल नै जितेकाे अस्ट्रेलिया शीर्ष तीनमा रहँदै सेमिफाइनलमा पुगेकाे हाे।

प्रकाशित मिति: : 2023-11-16 10:11:00

प्रतिकृया दिनुहोस्