टिकटक बन्द गर्ने सरकारको निर्णयविरुद्ध सर्वोच्चमा रिट

File Photo
File Photo

नेपालमा टिकटक बन्द गर्ने सरकारको निर्णयविरुद्ध सर्वोच्च अदालतमा रिट परेकाे छ।

टिकटक बन्द गर्ने सरकारको निर्णय खारेज गर्न माग गर्दै सर्वोच्चमा रिट परेको हो।

सर्वोच्चका अनुसार टिकटकमाथिकाे प्रतिबन्दका विरुद्ध हालसम्म ५ वटा रिट परेकाे छ। साे रिटकाे अध्ययनपछि मात्रै दर्ता हुने/नहुने भन्नेबारे निर्णय हुने बताइएकाे हाे।

सरकारले टिकटकका कारण सामाजिक सद्भाव बिथोलिने गतिविधि बढिरहेको निष्कर्ष निकाल्दै गत कात्तिक २७ गतेको मन्त्रिपरिषद् बैठक नेपालभित्र ‘टिकटक’ बन्द गर्ने निर्णय गरेको थियाे।

प्रकाशित मिति: : 2023-11-17 10:56:00

प्रतिकृया दिनुहोस्