जुवाको खालबाट ८० जना पक्राउ

जिल्ला प्रहरी कार्यालय चितवनले दसैँ र तिहारको अवधिमा जुवातास खेलेका ८० जनालाई पक्राउ गरेको छ।

उनीहहरूबाट पाँच लाख ४८ हजार पाँच सय ९२ बरामद गरिएको छ।

जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता प्रहरी नायब उपरीक्षक विजयराज पण्डितका अनुसार पक्राउ परेकामध्ये ३७ जनाविरुद्ध सार्वजनिक अपराधमा मुद्दा दर्ता गरिएको छ।

उनीहहरूबाट तीन लाख १७ हजार एक सय ५० बरामद गरिएको थियो। उनीहरू धरौटीमा रिहा भएका छन्।

पक्राउ परेका अन्य ४३ जना कारबाही प्रक्रियामा रहेका छन्। उनीहरूबाट दुई लाख ३० हजार चार सय ४२ बरामद गरिएको थियो।

प्रकाशित मिति: : 2023-11-17 21:25:00

प्रतिकृया दिनुहोस्