एकदिवसीय विश्वकप क्रिकेट: उपाधिका लागि भारत र अस्ट्रेलिया भिड्दै

Photo - ICC
Photo - ICC

आइसीसी एकदिवसीय विश्वकप क्रिकेट उपाधिको लागि आज आयोजक राष्ट्र भारत र अस्ट्रेलिया भिड्दै छ।

भारत र अस्ट्रेलियाबीचको खेल आइतबार दिउँसो २:१५ मा अहमदास्थिति नरेन्द्र मोदी स्टेडियममा हुँदैछ।

आयोजक राष्ट्र भारतले सेमिफाइनलमा न्यूजिल्यान्डलाई पराजित गरेर फाइनल प्रवेश गरेको थियो भने अस्ट्रेलियाले दक्षिण अफ्रिकालाई पराजित गरेर फाइनलमा आफ्नो स्थान सुरक्षित गरेको थियो।

जारी विश्वपकमा भारत अपराजित रहँदै फाइनल प्रवेश गरेको हो भने अस्ट्रेलिया समूह चरणअन्तर्गत दुई खेलमा पराजित भएकाे थियो। अस्ट्रेलिया समूह चरणअन्तर्गत भारत र दक्षिण अफ्रिकासँग पराजय भएको थियो।

जारी विश्वकपको सुरुवातदेखि नै भारतले उत्कृष्ट खेल खेलेको थियो। यता, समूह चरणको दुई खेल हारेको अस्ट्रेलिया विस्तारै लयमा आउन थाल्यो।

भारत घरेलु मैदानको फाइदा उठाउँदै उपाधि जित्ने लक्ष्यमा छ। उता, अस्ट्रेलिया पनि छैटौँ पटक विश्व विजेता बन्न चाहान्छ।

सन् २००३ काे विश्वकपमा भारत अस्ट्रेलियासँग पराजित भएर उपविजेतामै सीमित भएको थियो। आज भारतलाई सोही विश्वकपको बदला लिने अवसर मिलेको छ।

प्रकाशित मिति: : 2023-11-19 11:47:00

प्रतिकृया दिनुहोस्