भारतलाई स्तब्ध पार्दै अस्ट्रेलिया बन्याे विश्वकप विजेता

आइसिसी एकदिवसीय अन्तर्राष्ट्रिय विश्वकप- २०२३ काे उपाधि अस्ट्रेलियाले जितेकाे छ।

आयाेजक भारतलाई ६ विकेटले पराजित गर्दै अस्ट्रेलियाले उपाधि जितेकाे हाे। याे सँगै अस्ट्रेलिया छैठाैँपटक एकदिवसीय विश्वकप क्रिकेटकाे जितेता बनेकाे छ।

आइतबार अहमदाबादस्थित नरेन्द्र माेदी क्रिकेट स्टेडिमयमा जितकाे लागि भारतले दिएकाे २४१ रनकाे लक्ष्य अस्ट्रेलियाले ४३ ओभरमा ४ विकेट गुमाएर पूरा गर्‍याे।

अस्ट्रेलियाकाे जितमा ट्रभिस हेड नायक साबित भए। उनले १५ चाैका र ४ छक्कासहित १३७ रन प्रहार गरे। त्यस्तै मार्नस लाबुशेनले ५८ रन प्रहार गरे।

भारतका जसप्रित बुमराहले २ तथा माेहमद शामी र माेहमद् सिराजले १-१ विकेट लिए।

यसअघि टस हारेर पहिले ब्याटिङकाे निम्ताे पाएकाे भारत निर्धारित ५० ओभरमा अलआउट हुँदै २४० रनमा समेटिएकाे थियाे।

भारतका केएल राहुल तथा विराट काेहलीले अर्धशतकीय इनिङ खेले पनि जितकाे लागि पर्याप्त भएन।

जारी विश्वकपमा भारतकाे याे पहिलाे हार हाे। भारत समूह चरणका सबै तथा सेमिफाइनलमा न्युजिल्याण्डलाई पराजित गर्दै फाइनलमा पुगेकाे थियाे।

भारतले सन २००३ मा फाइनलमा अस्ट्रेलियाकाे सामना गरेकाे थियाे। उक्त खेलमा पनि उपविजेता बनेकाे भारत यसपटक पनि उपविजेतामै चित्त बुझाउन विवश भयाे।

प्रकाशित मिति: : 2023-11-19 21:36:00

प्रतिकृया दिनुहोस्