गाेर्खा भू.पू. सैनिक संघ (गेसाे)ले गाेर्खाहरुकाे समस्या समाधानकाे लागि नाेबेम्बर २२ मा हुन गइरहेकाे वार्ता सफलताकाे शुभकामना व्यक्त गरेकाे छ। गेसाेका अध्यक्ष कृष्णकुमार राईले एक विज्ञप्ति जारी गर्दै वार्ता सफलताकाे शुभकामना व्यक्त गरेका हुन्।
गाेर्खाहरुकाे समस्या समाधानकाे लागि नाेबेम्बर २२ मा गाेर्खा भू.पू. सैनिकहरुका प्रतिनिधिहरुकाे राेहबरमा नेपाल सरकार र बेलायत सरकारबीच मन्त्रिस्तरीय वार्ता हुँदैछ। उक्त वार्ता सफल हुनेमा विश्वस्त रहेकाे भन्दै गेसाेले शुभकामना दिएकाे हाे।
गेसाेका अध्यक्ष राईद्वारा हस्तक्षरित विज्ञप्तिमा भनिएकाे छ, ‘लामाे समयसम्म गाेर्खाहरूप्रति भएकाे विभेद्लाई अन्यत्य गरी हिजाे भएका गल्तीलाई सुधार्ने ऐतिहासिक अवसर नेपाल र बेलायत सरकारकाे जी टु जी वार्तालाई प्राप्त भएकाे छ। गाेर्खाहरुमाथि भएकाे विभेद् अन्त्य गर्न याे वार्तालाई दुवै सरकारले कुनै कसुर बाँकी राख्ने छैन भन्नेमा हामी सम्पूर्ण गाेर्खाहरु आशावादी छाैँ।’
‘याे जी टु जी वार्ता काेषेढुङ्गा सावित हुनेमा हामी ढुक्क छाैँ। पुन: वार्ता सफलताकाे निम्ति गेसाे हार्दिक शुभकामना व्यक्त गर्दछ,’ अगाडि भनिएकाे छ।
विज्ञप्ति :