एपी वान टेलिभिजनले रोक्यो दुर्गा प्रसाईंसँगको अन्तर्वार्ता

एपी वान टेलिभिजनले मेडिकल व्यवसायी दुर्गा प्रसाईंसँगको अन्तर्वार्ता प्रशारण रोकेको छ।

टेलिभिजनले ‘द ब्राभो डेल्टा शो’ अन्तर्गत भूषण दाहालले मेडिकल व्यवसायी प्रसाईंसँग गरेको अन्तर्वार्ता प्रशारण रोकेको हो।

टेलिभिजनले प्रसाईंसँगको अन्तर्वार्ता प्रशारण रोकेपछि प्रस्तोता दाहाल असन्तुष्ट बनेका छन्। सामाजिक सञ्जाल ट्वीटरमा लेख्दै उनले कार्यक्रम हेर्दै नहेरी व्यवस्थापनको हवाला दिँदै प्रसारण राेकेकाे भन्दै टेलिभिजनप्रति असन्तुष्ट व्यक्त गरेका छन्।

दाहालले लेखेका छन्, ‘वाह! लोकतन्त्र- ३५ वर्षको मेरो टेलिभिजन यात्रामा पहिलो पटक, बनेर तयार कार्यक्रम हेर्दै नहेरी व्यवस्थापनको हवाला दिँदै प्रसारण नगरिने जानकारी AP1HD बाट प्राप्त भएकोले, खेदपूर्ण रुपमा सम्पूर्ण दर्शकहरुलाई जानकारी गराउँदछु।’

प्रकाशित मिति: : 2023-11-22 18:12:00

प्रतिकृया दिनुहोस्