दुर्गा प्रसाईंले मानसिक सन्तुलन गुमाए: महेश बस्नेत 

तस्बिर: राजिब पहारीको फेसबुकबाट
तस्बिर: राजिब पहारीको फेसबुकबाट

नेकपा (एमाले) का नेता महेश बस्नेतले दुर्गा प्रसाईंले मानसिक सन्तुलन गुमाएको बताएका छन्।

तीनकुनेमा युवा संघको शक्ति प्रदर्शनको क्रममा बोल्दै उनले दुर्गा प्रसाईंले दिमाग गुमाएकाे बताएका हुन्। 

आम जनतालाई भड्काउनका लागि दुर्गाले बिनाकारण प्रदर्शनको घोषणा गरेको बताउँदै उनले पत्रकारहरूसँग भने, ‘हाम्रो प्रदर्शन शान्तिपूर्ण छ। दुर्गा प्रसाईं जस्तो मान्छेलाई जवाफ दिनू महत्व छैन।’ 

त्यसैगरी उनले वर्तमान सरकार पनि धेरै दिनसम्म टिक्न नसक्ने बताए। उनका अनुसार पुष्पकमल दाहाल 'प्रचण्ड' अब धेरै समयसम्म प्रधानमन्त्री रहदैनन्। 

प्रकाशित मिति: : 2023-11-23 11:58:00

प्रतिकृया दिनुहोस्