अश्रुग्यास प्रहारपछि दुर्गा प्रसाईंका समर्थक तितरबितर, कतिपय घर फर्किए

प्रहरीले अश्रुग्यास र पानीका फाेहरा प्रहार गरेपछि दुर्गा प्रसाईंका समर्थकहरु तितरबितर भएका छन्। भने, कतिपय समर्थकहरु घर फर्किने तरखर गरेका छन्।

बल्खुमा भेला भएर राज्यसत्ताविरुद्ध आन्दाेलनमा उत्रिएका प्रसाईं समूह केहीबेर बल्खु चाेकमा काेणसभा गरेर कालीमाटीतर्फ अगाडि बढ्न खाेज्दा प्रहरीले अश्रुग्यास र पानीका फाेहरा प्रहार गरेकाे थियाे। त्यसक्रममा प्रसाईंका समर्थकले प्रहरीमाथि ढुङ्गामुढा प्रहार गरेका थिए।

आक्राेश मत्थर पार्न प्रहरीले प्रसाईं समर्थकलाई तितरबितर पारेकाे छ।

अहिले प्रसाईंका समर्थक बल्खु चाेक आसपास तितरबितर भएका छन्। केही समर्थकहरू भने घर फर्किने तरखर गरेका छन्।

आन्दाेलनकाे नेतृत्व गरेका प्रसाईं भने अर्काे समूहमा भेला भएर बल्खुचाेक पर आन्दाेलन गरिरहेका छन्। उनै प्रसाईंले नै ‘अब सहर पस्नुपर्छ’ भनेपछि समर्थकहरु आक्रमक भएर कालिमाटीतर्फ अगाडि बढेका थिए।

सम्भावित जाेखिमलाई न्यूनीकरण गर्न जिल्ला प्रशासन कार्यालय काठमडाैँले प्रसाईं समूहलाई बल्खु क्षेत्रमा मात्र आन्दाेलन गर्न निर्देशन दिएकाे थियाे। यद्यपि, प्रसाईंका समर्थकहरुले नियम उल्लंघन गरेर अगाडि बढ्ने प्रयास गरेका थिए।

ठुलाे संख्यामा परिचालित भएका प्रहरीले संयमित भएर सुरक्षा दिइरहेका छन्।

प्रहरीकाे अश्रुग्यास र पानीका फाेहरा प्रहारबाट प्रसाईंका केही समर्थक घाइते भएका छन्।

सरकारले भ्रष्टाचार, अनियमितता, घुसखाेरी र बेथिति गरेकाे भन्दै देशभरबाट आएका प्रसाईंका समर्थकहरुले सरकारविरुद्ध नाराबाजी गरेका छन्।

भिडियाे :

प्रकाशित मिति: : 2023-11-23 15:09:00

प्रतिकृया दिनुहोस्