सबैभन्दा बढी आयकर बुझाउने जिम्बु थकालीलाई राष्ट्रिय सम्मान 

आन्तरिक राजस्व कार्यालय टंगालले जिम्बु थकाली (क्यापिटल ग्रिल) रेष्टुरेन्टलाई सम्मान गरेकाे छ। 

सबैभन्दा बढी आयकर दाखिला गरेको भन्दै राजस्व कार्यालयले १२औँ कर दिवसको अवसरमा प्रभा शेरचनलाई सम्मान गरेकाे हाे। 

सेवा क्षेत्रमा सबैभन्दा बढी आयकर दाखिला गरेको भन्दै शेरचनलाई आन्तरिक राजस्व कार्यालय टंगालकी कर अधिकृत कमला खरेलले सम्मान गरेकी हुन्। 

 वेदिका इंक प्रा.लि. अन्तर्गत जिम्बु थकाली ब्राण्डका ३ वटा रेष्टुरेन्ट सञ्चालनमा छन्। टंगाल, झम्सिखेल र बानेश्वरलगायत अब कालिमाटीमा पनि जिम्बुकाे नयाँ शाखा खुल्ने रेष्टुरेन्टका सञ्चालक विवेक शेरचनले बताए। 

उनका अनुसार ग्राहकका साथै र राेजगारीकाे अवसर दिनका लागि जिम्बुले अर्काे शाखा सञ्चालनमा ल्याउन लागेकाे हाे। थकाली रेस्टुरेन्ट क्षेत्रमा छाेटाे समयमै आफ्नाे ‘ब्राण्ड’ स्थापित गर्न सफल जिम्बु थकाली अहिले राजधानीमा ग्राहककाे प्रथमिक राेजाइ बनिरहेकाे छ।

दैनिक ५ सय जनाभन्दा धेरैलाई सेवा दिँदै आएकाे जिम्बु थकालीले १४० जनालाई राेजगार दिइरहेकाे छ। 

 

प्रकाशित मिति: : 2023-11-24 17:11:00

प्रतिकृया दिनुहोस्