‘लैङ्गिक हिंसा नियन्त्रण गर्न प्रहरी सक्रिय छ’

फाइल तस्बिर
फाइल तस्बिर

प्रहरी महानिरीक्षक बसन्तबहादुर कुँवरले लैङ्गिक हिंसा घटाउन प्रहरीले शून्य सहनशीलता कायम गरेर निरन्तर काम गरिहेको बताएका छन्।

प्रहरी प्रधान कार्यालय, महिला, बालबिालक तथा ज्येष्ठ नागरिक सेवा निर्देशनालयले आज आयोजना गरेको ‘लैङ्गिक हिंसाको वर्तमान अवस्था, चुनौती र आगामी कार्यदिशा’ विषयक कार्यक्रममा प्रहरी महानिरीक्षकले लैङ्गिक हिंसा हुन नदिन प्रहरी कर्मचारीलाई सक्रिय भएर लाग्न निर्देशन दिए।

सूचना प्रविधिको विकाससँगै लैङ्गिक हिंसाजन्य आपराधिक घटना भइहरका र त्यस्ता घटना हुन नदिन प्रहरीले सचेतना बढाउँदै र अनुसन्धान गरिरहेको महानिरीक्षक कुँवरले बताए।

उनले लैङ्गिक संवेदनशीलता शून्य नीति अपनाउँदै महिला, बालबालिका, ज्येष्ठ नागरिकका अधिकारका लागि निरन्तर काम गर्ने प्रतिबद्धता व्यक्त गरे।

महानिरीक्षक कुँवरले ‘लैङ्गिक हिंसामा संलग्न प्रहरी कर्मचारी शून्य सहनशीलता कार्यआदेश–२०८०’ समेत सुभारम्भ गरेका थिए।

प्रकाशित मिति: : 2023-11-24 21:53:00

प्रतिकृया दिनुहोस्