नेपाल सुपर लिग: आज दुई खेल हुँदै

नेपाल सुपर लिग (एनएसएल)मा आज दुई खेल हुँदैछन्।

त्रिपुरेश्वरस्थिति दशरथ रगंशालमा हुने सो खेलमा पोखरा थन्डर्स र चितवन एफसी तथा ललतिपुर सिटी एफसी र एफसी बुटलव लुम्बिनी भिड्दै छन्।

शनिबार दिउँसो १ बजे पोखरा थन्डर्स र चितवन एफसी आमने सामने हुँदैछन् भने बेलुका ५:३० बजे ललतिपुर सिटी एफसी र एफसी बुटलव लुम्बिनी खेल्दै छन्।

यसअघि हिजो भएको उद्घाटन खेलमा साविक विजेता काठमाडौँ रेजर्सले स्पोर्टिङ इलाम एफसीलाई १-० हराउँदै विजयी सुरुआत गरेको छ। एक महिनासम्म चल्ने सो प्रतियोगितामा कूल ९ टोलीले प्रतिस्पर्धा गर्दैछन्।

प्रकाशित मिति: : 2023-11-25 10:49:00

प्रतिकृया दिनुहोस्