पोर्चुगल पठाइदिन्छु भन्दै लाखाैं रूपयाँ लिएपछि...

सांकेतिक तस्बिर
सांकेतिक तस्बिर

पोर्चुगल पठाइदिन्छु भनी रकम ठगी गर्ने एक व्यक्ति पक्राउ परेका छन्। 

पकाउ पर्नेमा जिल्ला रोल्पा गंगादेवका तर हाल काठमाडौंकाे गंगबु–३ मा बस्दै आइरहेका २९ वर्षका निमराज डाँगी रहेका छन्।

वैदेशिक रोजगारमा पठाइदिन्छु भन्दै पटक–पटक प्रलोभनमा पारेर पीडितबाट १ लाख २० हजार रुपैयाँ लिएर उनी सम्पर्कविहिन भएका थिए। 

तर पीडितले उजुरी दिएपछि काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय मिनभवनबाट खटिएको प्रहरीले उनलाई आइतबार गंगाबुबाट पक्राउ गरेको हो।

पक्राउ परेका उनमाथि थप अनुसन्धान तथा कारवाहीको लागि वैदेशिक रोजगार विभाग ताहाचल पठाइएकाे प्रहरीले बताएकाे छ। 

प्रकाशित मिति: : 2023-11-26 17:26:00

प्रतिकृया दिनुहोस्