नेपाल सुपर लिग (एनएसएल)मा साविक उपविजेता धनगढी एफसीले डेब्युट्यान्ट’ वीरगन्ज युनाइटेड एफसीलाई पराजित गरेकाे छ।
त्रिपुरेश्वरस्थित दशरथ रंगशालमा भएकाे खेलमा धनगढीले वीरगन्जलाई २-१ गाेलले पराजित गरेकाे हाे।
खेलकाे दोस्राे मिनेटमै धनगढीले अग्रता लिएकाे थियाे। धनगढीकाे लागि फोडे फोफानाले शुरुआति सफलता दिलाए।
त्यस्तै पहिलाे हाफकाे अन्त्यतिर वीरगन्जका हान्स क्वाफीले पेनाल्टीमा गाेल गरेर खेललाई १-१ काे बराबरीमा ल्याए।
यता, धनगढीले खेलकाे ९० मिनेटमा दोस्राे सफलता हात पार्यो। धनगढीका लागि अहमद हिजाजीले गाेल गरे।
याे जितसँगै धनगढीले ३ अंक बटुलेकाे छ। एक महिनासम्म चल्ने यस प्रतियोगितामा कुल ९ टोलीले प्रतिस्पर्धा गर्नेछन्।
कुल ४० वटा खेलहरू हुनेछन्। जहाँ ९ टोली एक अर्काविरुद्ध प्रतिस्पर्धा गर्नेछन्।