शुक्रराज र सार्क क्षयरोग अस्पतालमा जिम्मेवारी हेरफेर

फाइल तस्बिर
फाइल तस्बिर

स्वास्थ्य तथा जनसंख्यामन्त्री मोहनबहादुर बस्नेतले सोमबार शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल र सार्क क्षयरोग केन्द्रको जिम्मेवारी हेरफेर गरेका छन्।

बाल रोग विशेषज्ञ डा. युवानिधि बसौलालाई शुक्रराज तथा ट्रपिकल तथा सरुवा रोग अस्पतालको जिम्मेवारी दिएका छन्।

यस्तै, सरुवा रोग अस्पतालकी निर्देशक डा. मनीषा रावलको सार्क क्षयरोग केन्द्रमा सरुवा गरेका छन्। सार्क क्षयरोग केन्द्रका डा. रोशन न्यौपानेलाई वीर अस्पतालमा पठाएका छन्।

प्रकाशित मिति: : 2023-11-27 22:19:00

प्रतिकृया दिनुहोस्