बसको ठक्करबाट दुईजना पैदल यात्रीको मृत्यु

बाँके र कैलालीमा बसको ठक्करबाट दुई पैदलयात्रीको मृत्यु भएको छ।

महेन्द्रनगरबाट काठमाडौँ गइरहेको बसले ठक्कर दिँदा बाँकेको राप्तिसोनारी गाउँपालिका–८ ओभरीका ४० वर्षीय केशव कुँवरको मृत्यु भएको प्रहरीले जनाएको छ।

ठक्करबाट गम्भीर घाइते उनको उपचारको क्रममा मृत्यु भएको इलाका प्रहरी कार्यालय कोहलपुरले जनाएको छ।  

दुर्घटनापछि बस चालक धर्मराज तिमिल्सिनालाई अनुसन्धानका लागि नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ।

यसैबीच, कैलालीको लम्कीमा बसको ठक्करबाट एकजना पैदल यात्रीको मृत्यु भएको छ। 

पश्चिमबाट पूर्वतर्फ गइरहेको बसले मोहोन्याल गाउँपालिका–७ का ३७ वर्षीय डम्बरबहादुर विष्टलाई ठक्कर दिँदा निजको मृत्यु भएको इलाका प्रहरी कार्यालय लम्कीले जनाएको छ। 

ठक्कर दिने बस र चालकलाई इलाका प्रहरी कार्यालय लम्कीले नियन्त्रणमा लिएर आवश्यक अनुसन्धान थालेको छ। रासस

प्रकाशित मिति: : 2023-12-01 09:37:00

प्रतिकृया दिनुहोस्