भारत र अष्ट्रेलियाबीचकाे चौथो टी-२० सिरिज आज

File Photo
File Photo

भारत र अष्ट्रेलियाबीच भइरहेकाे पाँच खेलको टी-२० आई सिरिजमा आज चौथो खेल हुँदैछ।

खेल नेपाली समयअनुसार साँझ सवा ७ बजे रायपुरको शहीद वीर नारायण सिंह अन्तर्राष्ट्रिय क्रिकेट स्टेडियममा हुँदैछ।

तीनवटा खेल सकिँदा भारतले दुई खेल जितेकाे छ भने अष्ट्रेलियाले एक खेल जितेकाे छ।

घरेलु टाेली भारत एक खेल अगावै उपाधि जित्ने लक्ष्यमा छ। टी-२० सिरिजमा भारतकाे कप्तानी सूर्यकुमार यादवले गरिरहेका छन् भने अष्ट्रेलियाकाे  कप्तानी म्याथू वेडकाेले गरिरहेका छन्।

सिरिजको पाँचौँ तथा अन्तिम खेल आइतबार हुनेछ।

प्रकाशित मिति: : 2023-12-01 12:23:00

प्रतिकृया दिनुहोस्