नेपालले आइसीसी लिग टु को पहिलो सिरिज घरेलु मैदानमा नामिबिया र नेदरल्यान्ड्ससँग खेल्दै छ।
आगामी फागुन ५ गतेदेखि नेपाल, नामिबिया र नेदरल्यान्ड्सबीच खेल घरेलु मैदानमा हुने नेपाल क्रिकेट संघ (क्यान)ले जनाएको छ। नेपालले नामिबिया र नेदरल्यान्डससँग दुई दुई खेल खेल्ने छन्।
यो लिग टु को दोस्रो संस्करण हो जून २०२७ सम्म चल्ने छ।नेपाल सहित यस संस्करणमा ८ टोलीले सहभागीता जनाउँदै छ।
अघिल्लो लिग टु मा ७ टोलीले मात्र सहभागीता जनाएको थियो भने यस संस्करणदेखि ८ टोलीले प्रतिस्पर्धा गर्दछन्। फागुनमा हुने लिग टु मा नेपाल, नेदरल्यान्ड्स, नामिबिया, स्कटल्यान्ड, युएई, क्यानडा र ओमानबीच प्रतिस्पर्धा हुनेछ।