इटहरीको शान्तिनगरमा धारिलो हतियार प्रहार गरी एकल महिलाको हत्या भएको छ।
इटहरी उपमहानगरपालिका-२ की ६८ वर्षीया मधेमाया पुरीको सोमबार खुकुरी प्रहार गरी हत्या भएको इलाका प्रहरी कार्यालय इटहरीले जनाएको छ।
घटनामा संलग्न भएको आरोपमा एक जना पक्राउ परेका छन्। पक्राउ पर्नेमा स्थानीय सन्तोष राई रहेको इलाका प्रहरी कार्यालय इटहरीका प्रहरी नायब उपरीक्षक टेकबहादुर कार्कीले बताए।
घर पछाडिकाे गाेठमा गाेबर साेरिरहेको अवस्थामा राईले खुकुरी प्रहार गरेकाे बताइएको छ।
स्थानीयका अनुसार पुरीको स्थानीय अस्पताल तरहरा पुर्याउँदा मृत्यु भएको थियो। राईले खुकुरी प्रहार गर्दा उनकी बुहारी सरू पुरी घाइते भएकी छिन्।