टिकटकमाथि प्रतिबन्ध लगाउने सरकारको निर्णयविरुद्ध दायर भएको रिट निवेदनकाे आज सर्वोच्च अदालतमा सुनुवाइ हुँदैछ।
अदालतमा दर्ता भएकाे उक्त रिट न्यायाधीशद्वय विनोद शर्मा र सुष्मालता माथेमाको संयुक्त इजलासमा पेसी तोकिएको छ।
यसअघि सर्वोच्चका न्यायाधीश विनोद शर्माको इजलासले कारण देखाऊ आदेश जारी गर्दै सुनुवाइका लागि आजको मिति तोकेको थियो।
सरकारले सामाजिक सद्भावमा खलल पुगेको, सार्वजनिक शिष्टाचारविरुद्धका कसुर धेरै भएको, टिकटक कम्पनीले टिकटकबाट हुने अपराध न्यूनीकरण र दोषीमाथिको कारबाही प्रक्रियामा सहयोग नगरेको कारण देखाउँदै बन्द गर्ने निर्णय गरेको थियो।