रिक्त पदमा मुल्मी सर्वसम्मत चयन
ललितपुरमा प्रथम वार्षिक साधारणसभा सम्पन्न भएको छ।
ललितपुर–८ मा शनिबारसौगः मिसा पुचः को वार्षिक साधारणसभा सम्पन्न भएको हो।
उक्त वार्षिक साधारणसभामा अध्यक्षता पुचः की अध्यक्ष सुमित्रा महत कर्माचार्यले गरेकी थिइन् भने सभाो सञ्चालन पुचः की सचिव भावना रंजितले ‘महिला सशक्तिकरण राष्ट्रको नौलो किरण’ भन्ने नाराका साथ गरेकी थिइन्।
वार्षिक साधारणसभाको प्रमुख अतिथि ललितपुर महानगरपालिका–८ का वडा अध्यक्ष बाबुरत्न महर्जन थिए भने विशेष अतिथिहरूमा ललितपुर महानगरपालिका वडा–६ का महिला सदस्य उमा बज्राचार्य श्रेष्ठ, वडा–८ की महिला सदस्य लक्ष्मी महर्जन, सौगल टोल सुधार समितिका अध्यक्ष सानुरत्न चित्रकार, सौगः मिसा पुचः का सल्लाहकारहरु समिर कर्माचार्य, अनिस गोपाल बैध र शनिराज शाक्य थिए।
त्यसैग्री साधारणसभामा कार्य समितिका उपाध्यक्ष सावना भटृ, कोषाध्यक्ष विन्दु श्रेष्ठ, सहसचिवनर्मदा मल्ल बोकी, सहकोषाध्यक्ष निलीमा राजभण्डारी, तारा लक्ष्मी सिन्या, श्री निल्सीना ताम्राकार, सन्जु श्रेष्ठ, सृजना श्रेष्ठलगायत पुचः का साधारण सदस्यहरूको उपस्थिति रहेको थियो।
राष्ट्रिय गानबाट सुरु भएको कार्यक्रममा पुचः को उपाध्यक्ष सावना भटृले स्वागत मन्तव्य राखेकी थिइन् भने प्रमुख अतिथि–८ का अध्यक्ष बाबुरत्न महर्जनले पानसमा बत्ति बालेर साधारणसभाको उदघाटन गरेका थिए।
त्योसँगै कार्यसमितीको रिक्त पदमा साधारण सदस्य रति मुल्मीलाई सर्वसम्मत चयन गरिएको थियो। र, माया चिनोहरू पनि प्रदान गरिएको थियो।