वित्तीय दायरा फराकिलो बनाउँदै चन्दननाथ सहकारी

जुम्लामा केन्द्रीय कार्यालय रहेको चन्दननाथ बहुउद्देश्यीय सहकारी संस्थाले आफ्नाे वित्तीय दायरालाई फराकिलो बनाउँदै लगेको छ।

बिहीबार आफ्नो १३ औँ वार्षिक साधारण सभा सम्पन्न गरेको सकारीले कर्णाली प्रदेशभरी आफ्नाे प्रभाव विस्तार गर्न लागेको हाे।

सहकारीले हालसम्म दुई अर्व ७७ करोड ४३ लाख ८ हजार ७८७ रकम परिचालन गरेको छ। शेयर तथा बचत सदस्यको आयआर्जन वृद्धि गर्नका लागि सहकारी संस्थाले कर्जा लगानी गरेको हो। 

संस्थाले एक अर्व ७४ करोड ११ लाख ७० हजार ४०९ रूपैयाँ कर्जा असुली गरेको जनाएको छ। ३३ करोड ६२ लाख ६७ हजार ३७८ रूपैयाँ कर्जा असुरी गर्न बाँकी रहेको छ।

संस्थाको २२ हजार ६८४ सदस्य संख्या रहेको विहिबार सम्पन्न १३ औँ बार्षिक साधारण सभामा सार्वजनिक गरिएको हो।

४ करोड १० लाख ४८ हजार २१२ रूपैयाँ संस्थाको शेयर पुजी रहेको चन्दननाथ बहुउद्देश्यीय सहकारी संस्था जुम्लाका व्यवस्थापक ऋषिराम पाण्डेले बताए। 

'बचत रकम २३ करोड ६८ लाख १८ हजार ७३१ रूपैयाँ रहेको छ,' उनले भने, 'एक लाख १३ हजार ७२४ रुपैयाँको सहकारी प्रवर्धन कोष, एक लाख ३१ हजार २८५ रूपैयाँको सदस्य सहयोग कोष र ७५ हजार १२२ रूपैयाँ १० पैसाको कर्मचारी कल्याण कोष रहेको छ।'

दुई लाख ४६ हजार ४२६ रुपैयाँ ५० पैसाको कर्जा जोखिम कोष, ८६ लाख ९ हजार ५९२ रूपैयाँ ४९ पैसाको डुवन्ते ऋण कोष र ६० लाख ४६ हजार ५८० रूपैयाँको साधारण जगेडा कोष रहेको जनाइएको छ।

यस्तै तीन लाख ५ हजार ३६८ रुपैयाँ ६६ पैसाको कर्मचारी बोनस कोष, १७ लाख ३६ हजार ७५२ रूपैयाँको घाटा पूर्ति कोष र १२ लाख ६७ हजार ३३ रूपैयाँ ७४ पैसाको सहकारी विकास कोष रहेको संस्थाका कोषाध्यक्ष विष्णुमाया बुढाले बताइन्।

उनले भनिन्, 'एक लाख ७ हजार १९० रूपैयाँ ७८ पैसाको सहकारी शिक्षा कोष, २७ लाख २ हजार ७६७ रूपैयाँ ९७ पैसाको संरक्षित पुजि फिर्ता कोष र ९१ लाख ४० हजार ७६१ रूपैयाँको शेयर लाभांश कोष रहेको छ।'

६६ हजार ६८२ रूपैयाँ महिला आर्यआर्जन कोष, १२ लाख किर्डाक नेपाल विउ पुजी कोष र २ लाख ९६ हजार ६४२ रूपैयाँको सामुदायिक विकास कोष रहेको जनाएको छ।

मिनी मार्केटबाट २६ लाख बढी आम्दानी

चन्दननाथ बहुउद्देश्यी सहकारी संस्था जुम्लाले जुम्ला र सुर्खेतमा रैथाने कृषि जन्य उत्पादन मिनि मार्केटमार्फत विक्री वितरण गर्दै आएको छ।

यसै मार्केटबाट मात्रै सहकारीले २६ लाख १९ हजार ७५७ रुपैयाँ आम्दानी गरेको छ। सहकारीले गत आर्थिक वर्ष कृषि तथा पशु जन्य बस्तु खरिदमा ८५ लाख २९ हजार ६१९ रूपैयाँ लगानी गरेको थियो।

२०३१ सालमा दर्ता भएको सहकारीले कर्णाली प्रदेशका ७ जिल्लामा सेवा विस्तार गरेको संस्थाका अध्यक्ष चक्रबहादुर शाहीले बताए। 

उनले भने, 'जुम्ला जिल्लामा १० सहित कर्णाली प्रदेशमा २९ वटा सेवा केन्द्र मार्फत सहकारी लघुवित्तका कार्यक्रम सञ्चालन गर्दै आएको छ।'

प्रकाशित मिति: : 2023-12-15 12:50:00

प्रतिकृया दिनुहोस्