यूएईबाट काठमाडौँ आएको जहाजको शौचालयमा नवजात शिशुको शव फेला

File Photo
File Photo

संयुक्त अरब इमिरेट्स (यूएई)को सारजाह विमानस्थलबाट काठमाडौँ आएको एयर अरेबियाको जहाजको शौचालयमा नवजात शिशुको शव फेला परेको छ।

बुधबार बिहान ९ बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण भएको जहाजको शौचालयमा नवजात शिशुको शव फेला परेको त्रिभुवन विमानस्थल, नागरिक उड्डयन प्राधिकरण त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका प्रवक्ता सुवास झाले जानकारी दिएकाे छ।

वैदेशिक रोजगारीबाट फर्किएकी एक महिलाको शिशु भएको आशङ्का मानी महिला र शिशुलाई प्रहरीले अस्पताल लगिएको प्रवक्ता झाले बताए। यसबारे अनुसन्धान भइरहेको छ। 

प्रकाशित मिति: : 2023-12-20 16:52:00

प्रतिकृया दिनुहोस्