निषेधको राजनीतिले मुलुक अघि बढ्दैनः महासचिव गुरुङ

नेकपा (माओवादी केन्द्र)का महासचिव देवप्रसाद गुरुङले निषेधको राजनीतिले मुलुक अघि बढ्न नसक्ने बताएका छन्।

आज बेँसीसहरमा आयोजित कार्यक्रममा बोल्दै उनले सबै राजनीतिक दलबीच सहमति र सहकार्य गरेरै मात्र जनताले विकास पाउन सक्ने बताए।

सामाजिक एकताका लागि सबै जातजाति, भाषाभाषी एकजुट भएमा देशको समृद्धि र विकास सम्भव रहेको उनको भनाइ छ।

प्रकाशित मिति: : 2023-12-22 22:15:00

प्रतिकृया दिनुहोस्