निलम्बन फुकुवाको माग गर्दै कोइरीले दिए संसद् सचिवालयमा निवेदन

File Photo
File Photo

नेकपा एमालेका सांसद लक्ष्मी महतो कोइरीले निलम्बन फुकुवाको माग गर्दै संसद् सचिवालयमा निवेदन दिएका छन्।

कोइरीले आइतबार सचिवालयमा पुगेर कार्यवहाक महासचिव पद्मप्रसाद पाण्डेलाई निलम्बन फुकुवाका लागि निवेदन बुझाएका हुन्।

गत वर्षकाे निर्वाचनमा महोत्तरी–१ बाट निर्वाचित कोइरीमाथि मधेश आन्दोलनमा सशस्त्र प्रहरी बलका असई थमन विकको हत्या आरोप लागेकाे थियाे। हत्या आरोपमा अदालतले पुर्पक्षका लागि थुनामा पठाउने आदेश दिएपछि फरार भएपछि कोइरी निलम्बित भएका थिए।

जिल्ला अदालत महोत्तरीले मंसिर २८ गते थमन विक हत्याको मुद्दामा कोइरीलाई सफाइ दिएकाे थियाे। त्यसपछि उनले निलम्बन फुकुवा गर्न माग गर्दै निवेदन दिएका हुन्। 

प्रकाशित मिति: : 2023-12-24 16:02:00

प्रतिकृया दिनुहोस्