बालकुमारी घटना: मृतकका परिवारलाई सरकारले १०/१० लाख दिने

ललितपुरकाे बालकुमारीमा घटनामा ज्यान गुमाएका दुई युवकका परिवारलाई सरकारले १०/१० लाख रूपैयाँ दिने निर्णय गरेकाे छ।

प्रधानमन्त्री निवास बालुवाटारमा शनिबार बिहान बसेकाे सुरक्षा अधिकारीहरूको बैठकले मृतकका परिवारलाई १०/१० लाख रूपैयाँ दिने निर्णय गरेको गृहमन्त्री नारायणकाजी श्रेष्ठले जानकारी दिए।

कोरिया जानका लागि लिइने रोजगारी अनुमति प्रणाली(इपिएस)को परीक्षा दिन नपाएको भन्दै युवाहरुले शुक्रबार बालकुमारीमा गरेकाे प्रदर्शनका क्रममा अछामका २२ वर्षीय वीरेन्द्र साह र दैलेखका २३ वर्षीय सुजन रावत घाइते भएका थिए।

घाइते रावतको उपचारको क्रममा किष्ट अस्पतालमा र शाहको पाटन अस्पतालमा मृत्यु भएको थियाे।

प्रदर्शनका क्रममा आन्दोलनकारीले भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वाला सवार  गाडीमा आगजनी गरेका थिए। त्यसपछि भएको झडपका भएकाे थियाे।

अनियन्त्रित भीडलाई नियन्त्रणमा लिन प्रहरीले अश्रुग्यास र हवाइ फायर गरेको थियो।

प्रकाशित मिति: : 2023-12-30 13:10:00

प्रतिकृया दिनुहोस्