वैदेशिक लगानी सहजीकरणका लागि सरकार तयार छ : मन्त्री साउद

परराष्ट्रमन्त्री एनपी साउदले वैदेशिक लगानीलाई सहजीकरणका लागि सरकार तयार रहेको बताएका छन्।

क्यानडा–नेपाल चेम्बर अफ कमर्श र क्यानेडिन हिन्दू चेम्बर अफ कमर्शको संयुक्त प्रतिनिधिमण्डलसँगको अन्तरक्रियाका क्रममा उनले आगामी अप्रिलमा आयोजना हुन गइरहेको तेस्रो अन्तर्राष्ट्रिय लगानी सम्मेलनबारे पनि चर्चा गरे। 

मन्त्री साउदले भने, 'वैदेशिक लगानीलाई सहजीकरण गर्ने विषयमा नेपाल सरकारले कुनै कसर बाँकी राख्दैन।' सो अवसरमा क्यानडा र नेपालबीचको व्यापार तथा लगानी सम्बन्धका बारेमा छलफल भएको थियो। 

क्यानेडिन हिन्दू चेम्बर अफ कमर्शका अध्यक्ष नरेशकुमार चाव्दाले नेपालमा विशेष गरी कृषि तथा खाद्य, टेक्सटायल र जलविद्युत्का क्षेत्रमा क्यानेडियन निजी क्षेत्रले काम गर्न चाहेको बताएका थिए।

क्यानडा–नेपाल चेम्बर अफ कमर्शका अध्यक्ष विजय पौडेल र क्यानेडिन हिन्दू चेम्बर अफ कमर्शका अध्यक्ष चाव्दाले प्रतिनिधिमण्डलको नेतृत्व गरेका थिए।

प्रकाशित मिति: : 2024-01-02 20:11:00

प्रतिकृया दिनुहोस्