आजपाद्वारा २०औँ दिन पनि भन्सार विभागमा धर्ना

आम जनता पार्टी (आजपा) निकटको आम सम्पर्क मञ्चले २०औँ दिन पनि काठमाडौँको त्रिपुरेश्वरस्थित भन्सार विभागमा धर्ना तथा घेराउ जारी राखेकाे छ। 

‘भन्सार नियमावलीबाट ४५ प्रतिशत कथित पुरस्कारको लुटकारी व्यवस्था खारेजी’ गर्नुपर्नेलगायतका माग गर्दै आज (शुक्रबार) काठमाडौँको त्रिपुरेश्वरमा रहेको भन्सार विभागमा धर्ना तथा घेराउ गरेको हाे।

भन्सार विभाग घेराउ गर्न पुगेका आन्दोलनकारीले सरकारविरुद्ध नारावाजी गर्दै आफूहरुको माग सम्बोधन नभएसम्म आन्दोलन जारी रहने चेतावनी दिएका छन्।

आजपा उपाध्यक्ष तिलक थापामगरले आफूहरुको माग सम्बोधन नभए अझै सशक्तरुपमा अगाडि बढने बताए।

झण्डै चार महिनादेखि जारी आन्दोलनको न्यायोचित मागहरुलाई सम्बोधन गर्नुको सट्टा सरकारले शान्तिपूर्ण धर्नामाथि हस्तक्षेप गरिरहेकोले आन्दोलनलाई सशक्त बनाउनुको विकल्प नभएको उपाध्यक्ष थपामगरले बताए।

आजपा केन्द्रीय सदस्य एवं भन्सार कानून सुधार संघर्ष समितिका संयोजक रन्जुकुमारी साहले भन्सारमा कमिशनबाट पुरस्कृत हुने कर्मचारी र पुरस्कारको राशी सार्वजनिक गर्नुपर्ने बताइन्।

सरकार, कर्मचारी सबै मिलेर राज्यको रकम लुटिरहेको बताउँदै उनले त्यस्तो पुरस्कार पाउने व्यक्तिको नाम सार्वजनिक गर्नमा ढिलाई किन भइरहेको भन्दै प्रश्न गरेकी छन्।

पुरस्कारको नाममा भन्सारबाट उठेको रकमको ४५ प्रतिशत सिधैँ भ्रष्ट कर्मचारी एवं मन्त्रीको खातामा गइरहेकोले राजस्व उठाउने राज्यको लक्ष्यसमेत पूरा हुन नसकेको आजपा केन्द्रीय सदस्य एवं कार्यालय सचिव बालकृष्ण सापकोटाले बताए।

आम सम्पर्क मञ्चले ‘भन्सार नियमावलीबाट ४५ प्रतिशत कथित पुरस्कारको लुटकारी व्यवस्था खारेजी’ गर्नुपर्ने लगायतका माग गर्दै भन्सार विभागमा धर्ना तथा घेराउ गर्दै आएको छ।

आजपाको आह्वानमा सुरू भएको आन्दोलन झण्डै ४ महिना पुगी सक्दा समेत सरकारले कुनै सुनुवाइ नगर्दा आन्दोलनकारीले दुख व्यक्त गरेका छन्।

भन्सारमा हुने गरेको लुट एवं भ्रष्टाचारको विरुद्ध विभिन्न माग गर्दै भन्सार विभाग कार्यालयमा धर्ना तथा घेराउ हुँदै एको छ।

कर कानुन, राजस्व कानुन र भन्सार कानुनमा एकरूपता ल्याउन भन्सार नियमावलीबाट व्यक्ति, सवारीसाधन एवं सम्पत्ति जफत गर्ने प्रावधान हटाउनुपर्ने माग आन्दोलनकारीको छ।

प्रकाशित मिति: : 2024-01-05 17:49:00

प्रतिकृया दिनुहोस्