ब्रा र कट्टुमा लुकाएर सुन ल्याउने एक महिला विमानस्थलबाट पक्राउ

File Photo
File Photo

दुबईबाट अवैध सुन ल्याउँदै गरेकी एक श्रीलंकाली महिलालाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट प्रहरीले पक्राउ गरेको छ।

गएराति फ्लाई दुबईको उडान नम्बर एफजेड ५७३ बाट सुन ल्याएर नेपाल आउँदै गरेकी श्रीलंकाकी ४५ वर्षीया कान्ति माथी कावास्करलाई विमानस्थलबाट पक्राउ गरिएको प्रहरीले जनाएको छ।

प्रहरी स्रोतकाअनुसार कावास्करले ब्रा र कुट्टुमा राखेर १ किलो ३०० ग्राम सुन नेपाल ल्याउँदै थिइन। उनले ब्राभित्र ५०० ग्रामका दुई वटा पाेखा र कट्टुभित्र ८०० ग्राम सुन राखेर कुल १ किलाे ३०० ग्राम सुन नेपाल भित्र्याउने प्रयासमा थिइन्।

शंकास्पद रुपमा विमानस्थलबाट पास हुने प्रयासमा रहेकी उनलाई नियन्त्रणमा ल्याएर अनुसन्धान गर्दा सुन फेला परेको थियो।

उनीमाथि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

प्रकाशित मिति: : 2024-01-07 12:46:00

प्रतिकृया दिनुहोस्