नेपालमा पनि कोभिडको जेएन.१ सब-भेरिअन्ट फेला परेपछि सरकारले रोकथामका लागि के गर्दै छ?

बिबिसी

काठमाडाैं

नेपालमा कोरोनाभाइरस ओमिक्रोन भिरिअन्टको सब-भेरिअन्ट जेएन.१ भेटिएपछि नेपाली नाकाहरू र अन्तर्राष्ट्रिय विमानस्थलमा निगरानी तथा कडाइ गर्ने कार्य थप बढाइएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अधिकारीले बताएका छन्।

मन्त्रालयका अनुसार नेपालमा पहिलो पटक ओमिक्रोनको उक्त सब-भेरिअन्ट फेला परेको सोमवार पुष्टि भएको हो।

मन्त्रालयका अनुसार देशका विभिन्न स्थानबाट सङ्कलित १६ वटा नमुनाको जिन सिक्वेन्सिङ गर्दा सात वटामा उक्त सब-भेरिअन्ट भेटिएको हो।

मन्त्रालयले जारी गरेको विज्ञप्तिमा भनिएको छ, “देशका विभिन्न भागबाट विभिन्न उमेर समूहका व्यक्तिहरूबाट सङ्कलित १६ वटा पीसीआर तथा एन्टिजन पोजेटिभ नमुनाहरूको राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाले मिति २०८०/९/२२ मा गरेको पछिल्लो जिन सिक्वेन्सिङ प्रविधिबाट ७ वटा नमुनामा ओमिक्रोनको सब-भेरिअन्ट जेएन.१ नेपालमा पहिलो पटक पुष्टि भएको जानकारी गराउँदछौँ।”

प्रकाशित मिति: : 2024-01-09 08:57:00

प्रतिकृया दिनुहोस्