नेपाल दूरसञ्चार प्राधिकरणका अध्यक्ष पुरुषोत्तम खनालले पदबाट राजीनामा दिएका छन्।
उनले मंगलबार बिहान सञ्चार तथा सूचना प्रविधि मन्त्रालयमा पुगेर राजीनामा बुझाएका हुन्।
मोबाइल डिभाइस म्यानेजमेन्ट सिस्टम (एमडीएमएस), टेरामक्स, रेडियो नेपालको जग्गा खरिदबिक्री प्रक्रियालगायतका विषयमा विवादहरू बढ्दै गएपछि खनालले राजीनामा दिएको हुन्।
तत्कालीन केपी शर्मा ओली नेतृत्वकाे सरकारले २०७६ साउन ९ गते खनाललाई प्राधिकरणको अध्यक्षमा नियुक्त गरेको थियो। उनले कार्यकाल सकिन ७ महिना बाँकी छँदै राजीनामा दिएका हुन्।