वित्तिय सुशासन जोखिम मुल्यांकन: जुम्लाको कनकासुन्दरी देशकै दोस्रो र तातोपानी चौथो

संघीय मामिला तथा समान्य प्रशासन मन्त्रालयले गरेकाे वित्तीय सुशासन जाेखिम मूल्यांकन २०७९ अन्तर्गत नेपालका ७५३ स्थानीय तहहरूमा जुम्लाको कनकासुन्दरी गाउँपालिका दोस्रो भएको छ। धादिङकाे ज्वालामुखी गाउँपालिका ८६.५ अंक ल्याए प्रथम हुँदा जुम्लाकाे कनकासुन्दरी ८६ ल्याएर दोस्रो भएको हो।

त्यस्तै तेस्राेमा बैतडीकाे पञ्चेश्वर गाउँपालिका छ। भने, चाैथाेमा मुगुकाे कार्माराेङ तथा जुम्लाकै ताताेपानी गाउँपालिका छन्।

संघीय मामिला तथा समान्य प्रशासन मन्त्रालयले गरेकाे वित्तिय सुशासन जाेखिम मूल्यांकनमा दोस्रो भएपछि पालिका अध्यक्ष दामोदर आचार्यले खुसी भएको प्रतिक्रिया दिएका छन्। ‘आगामी दिनमा पनि वित्तीय सुशासन कायम गर्ने मामलामा पालिका कटिबद्ध छ,’ अध्यक्ष आचार्यले भने।

त्यस्तै तातोपानी गाउँपालिकाका अध्यक्ष नन्दप्रसाद चौलागाईंले पनि पालिकाले वित्तीय सुशासन कायम गर्न हर कोही प्रयास गरिने बताएका छन्।

प्रकाशित मिति: : 2024-01-13 18:37:00

प्रतिकृया दिनुहोस्