भरतपुर महानगरपालिका र महावै गाउँपालिकाबीच भगिनी सम्बन्ध कायम

चितवनको भरतपुर महानगरपालिका र कालिकोटको महावै गाउँपालिकाबीच भगनी सम्बन्ध कायम भएको छ।

सोमबार दुई पालिकाबीच भगिनी सम्बन्ध कायम भएको महावै गाउँपालिका अध्यक्ष खेमबहादुर सिंहले बताए।

गाउँपालिका अध्यक्ष सिंह र महानगरपालिका प्रमुख रेणु दाहालले भगिनी सम्बन्धका लागि हस्ताक्षर गरेका थिए।

अब दुई पालिकाबीच सहयोग आदानप्रदान हुनेछ। साथै दुई पालिकाबीच अन्तरसंस्कृति घुलनका लागि यस सम्बन्धले सहयोग गर्नेछ।

प्रकाशित मिति: : 2024-01-15 17:55:00

प्रतिकृया दिनुहोस्