२३औँ सशस्त्र प्रहरी दिवसको अवसरमा नेपाल प्रहरी र सशस्त्र प्रहरीबीच मैत्रीपूर्ण फुटबल प्रतियोगिता भएको छ।
सशस्त्र प्रहरी बल नेपाल प्रधान कार्यालय हलचोकस्थित एपिएफ रंगशालामा बिहीबार ३५ वर्षभन्दा माथिका वरिष्ठ अधिकृत तथा अधिकृतहरुको सहभागिता सञ्चालन भएको मैत्रीपूर्ण फुटबल प्रतियोगिता भएकाे हाे।
प्रतियोगिता सशस्त्रको तर्फबाट सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्याल र नेपाल प्रहरीको तर्फबाट प्रहरी अतिरिक्त महानिरीक्षक किरण बज्रचार्य टिम क्याप्टेन रहेका थिए।
प्रतियोगितामा नेपाल प्रहरी र सशस्त्र प्रहरी बल नेपालको टीमबीच गोलरहित बराबरीमा खेल सम्पन्न भएको छ।
महानिरीक्षक अर्यालले सशस्त्र प्रहरी बल नेपाल र प्रहरी अतिरिक्त महानिरीक्षक बज्रचार्यले नेपाल प्रहरीको तर्फबाट एकआपसमा मायाको चिनो आदान–प्रदान गर्नुकासाथै महानिरीक्षक अर्यालले खेलमा सहभागी खेलाडीहरु, प्रशिक्षक र टिम म्यानेजरलाई प्रशंसापत्रसमेत प्रदान गरेका थिए।
प्रतियोगितामा प्रहरी अतिरिक्त महानिरीक्षक मिरा चौधरी, सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षकहरु नारायणदत्त पौडेल, चन्द्र प्रकाश गौतम र वंशीराज दाहाल, प्रहरी नायव महानिरीक्षक केदार ढकाललगायत तथा नेपाल प्रहरी, सशस्त्र प्रहरी बल नेपालका वरिष्ठ अधिकृत, अधिकृत तथा विल्लादार जवानहरुको उपस्थिति रहेको थियो।