साहित्य परिषद प्युठानमा थप सात जना आजीवन सदस्य थप भएका छन्। नेपाल बाल साहित्य समाजका महासचिव बिजयराज आचार्यले सात जनाको आजीवन सदस्यको शुल्क तिरिदिएपछि आजीवन सदस्य थप भएका हुन्।
साहित्य परिषद प्युठानको २९औँ स्थापना दिवसको अवसरमा ‘सष्ट्रा सम्मान एवम् वार्षिक साहित्य परिषद’ कार्यक्रममा महासचिव आचार्यले पुरस्कृत भएका थिए।
प्राप्त उक्त पुरस्कारबाट उनले सात जनाको नयाँ सदस्यता शुल्क तिरिदिए। नयाँ आजीवन सदस्य बन्नेमा प्युठानका पार्वती घर्ती, प्रार्थना सुनुवार, दुर्गा सुनुवार, उर्मिला घर्ती मगर, उजेली बिक, सिर्जना अघिकारी र मुना बोहोरा रहेका छन्।