एसियन कपः उब्जेकिस्तानले भारतलाई हरायाे

कतारमा जारी एएफसी एसियन कप फुटबल प्रतियोगिता अन्तर्गत गएराति भएकाे खेलमा भारत उब्जेकिस्तासङ पराजित भएकाे छ।

कतारको अहमद बिन अलि स्टेडियममा भएकाे खेलमा उब्जेकिस्तासङ भारत ३-० ले पराजय भएकाे हाे।

उब्जेकिस्ताकाे लागि अब्बोस्बेक फेजुल्लेभले, आइगोर सेर्गिभले र शेरजुद नसरूल्लाइभले समान १-१ गाेल गरे।यी तिनै वटा गाेल पहिलाे हाफमा भएकाे थियाे।

भारत यसअघि अष्ट्रेलियासँग २-० गोलले पराजित भएको थियो। समूह ‘बी’मा रहेको भारत समूह चरणको  दुवै खेलमा पराजित भएको छ।

प्रकाशित मिति: : 2024-01-19 08:11:00

प्रतिकृया दिनुहोस्