स्वयम्भुमा कोठाभित्र सडेको अवस्थामा महिलाको शव फेला, ‘लिभिङ टुगेदर’मा बसेका प्रेमी पक्राउ

हत्याका आराेपी इम्ब्रमउल सन्सारी
हत्याका आराेपी इम्ब्रमउल सन्सारी

काठमाडाैँकाे स्वयम्भु (शाेभा भगवती)मा तीन महिनादेखि सडेकाे अवस्थामा एक महिलाकाे शव फेला परेकाे छ।

काठमाडाैँ प्रहरी परिसरले जनाएअनुसार यही माग ३ गते तनहुँकाे भिमाद गाउँपालिकाकी ५१ वर्षीय सफिना मियाँकाे शव फेला परेकाे हाे।

दुई-तीन महिनादेखि बन्द रहेकाे काेठाबाट गन्ध आएपछि स्थानीय दिएकाे सूचनाकाे आधारमा प्रहरीले अनुसन्धान गर्दा मियाँका सडेकाे अवस्थामा शव भेटिएकाे हाे।

प्रहरीकाे प्रारम्भिक सूचनाअनुसार मियाँ करिब एक वर्षदेखि इकरामुल हक अन्सारी नामका भारतीय पुरुषसँग लिभिङ टुगेदरमा बसेकी थिइन्।

प्रहरीका अनुसार अन्सारीले मियाँकाे हत्या गरी भागेर भारत पुगेका थिए। उनी नेपाल आएको मौकामा पक्राउ परेका हुन्।

भिडियाे :

प्रकाशित मिति: : 2024-01-21 17:46:00

प्रतिकृया दिनुहोस्