न्युराेडमा पार्किङ हटाइएपछि विराेधमा उत्रिए व्यापारी

काठमाडौँ महानगरपालिकाले न्युराेड क्षेत्रमा पार्किङ हटाएपछि व्यापारीहरू विराेधमा उत्रिएका छन्।

महानगरले आजदेखि न्युराेडकाे कालोपत्रे सडकमा सवारी पार्किङ गर्न नदिने निर्णय गरेपछि व्यापारीहरू विराेधमा उत्रिएका हुन्।

विराेधस्वरूप केही व्यापारीहरूले सटर डाउन गरेका छन्। यद्यपि सबैकाे सटर डाउन छैन।

यसअघि धर्मपथ, जुद्ध शालिकदेखि इन्द्रचोकतर्फको सडकखण्ड, खिचापोखरी, प्युखा, महावौद्ध, वीर अस्पताल आसपासको कालोपत्रे सडकमा सवारी पार्किङ हुने गरिएकाेमा साे क्षेत्रमा पार्किङ निषेध गरिएको महानगर प्रहरी बलका प्रमुख नगर प्रहरी (वरिष्ठ उपरीक्षक) राजुनाथ पाण्डेले बताए।

उनका अनुसार सडकमा पार्किङ गर्ने परम्परागत परिपाटीमा सुधार गर्ने क्रममा बागबजार, पुतलीसडक, दरबारमार्ग, झोँछेलगायत धेरै ठाउँमा पार्किङ निषेध गरिसकिएको छ।

प्रकाशित मिति: : 2024-01-23 13:14:00

प्रतिकृया दिनुहोस्