यू-१९ विश्वकप: नेपालले टस जित्यो, पहिला ब्याटिङ गर्ने

आइसीसी यू-१९ विश्वकपमा नेपालले आज आफ्नो दोस्रो खेल पाकिस्तानविरूद्ध पहिला ब्याटिङ गर्ने भएकाे छ।

बुधबार दक्षिण अफ्रिकाको इष्ट लन्ड बुफेलो पार्कमा नेपालले टस जितेर पहिला ब्याटिङ राेजेकाे हाे।

आइतबार भएकाे पहिलाे खेलमा नेपाल न्यूजिल्याण्डसँग ६४ रनले पराजित भएकाे थियाे।

पहिलाे खेलमा पराजय भएकाे नेपाल आज पाकिस्तानलाई हराउने दाउमा मैदान उत्रिनेछ।

त्यस्तै, सुपर सिक्समा आफ्नाे स्थान बलियो बनाउनकाे लागि आज नेपालले पाकिस्तानलाई हराउनैपर्ने दबाबमा छ।

प्रकाशित मिति: : 2024-01-24 13:34:00

प्रतिकृया दिनुहोस्