युक्रेनसँग जोडिएको सिमाना नजिकै रुसको एउटा विमान दुर्घटना भएको छ।
यो जहाज दुर्घटनामा सबै यात्रुको मृत्यु भएको अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरूले जनाएका छन्।
तीमध्ये ६ जना चालक दलका सदस्य र अरु ९ जनाबाहेक ६५ जना सबै युक्रेनी युद्धबन्दी थिए। ती सबैको मृत्यु भएको पुष्टि रुसका अधिकारीहरूले गरेका छन्।
सञ्चारमाध्यमहरूका अनुसार रुसको इल्यूसिन-७६ सैन्य ढुवानी विमान दुर्घटना भएको हो।
विमान दुर्घटनाका विस्तृत विवरणहरू आइसकेका छैनन्।