‘कर्मपथ समाज’काे पहिलो बैठक काठमाडौँमा सम्पन्न

कर्मपथ समाज नेपालकाे प्रथम पूर्ण बैठक काठमाडौँमा सम्पन्न भएको छ।

समाजका संस्थापक अध्यक्ष डा. महेन्द्रजंग शाहकाे अध्यक्षता तथा महासचिव धर्मराज सुवेदीद्वारा सञ्चालित बैठकमा समाजका पदाधिकारी तथा सदस्यहरूले संक्षिप्तमा आ-आफ्नाे धारणा राखेका छन्।

जडिबुटीमा सम्पन्न समाजकाे केन्द्रीय समिति बैठकले ‘कर्मपथ समाज’लाई गतिशील र प्रभावकारी बनाउँदै लैजाने सन्दर्भमा विभिन्न महत्त्वपूर्ण निर्णयहरू पारित गरेको महासचिव सुवेदीले बताएका छन्।

'कर्मपथ समाज'ले नेपालकाे संकटग्रस्त राजनैतिक खिचातानीलाई नियाल्दा वैचारिक दृष्टिकोण स्पष्ट नभएको बताउँदै विचार निर्माणमासमेत सहभागिता जनाउने दाबी गरेको छ।

बैठकले समाजका अनेकन गतिविधिलाई भुइँतहसम्म जाेड्दै आम-मानिस सहयात्री र नेपाली समाजकाे मार्गदर्शक बन्नेतर्फ जाेड दिएको छ।

प्रथम पूर्ण बैठकमा समाजका पदाधिकारी तथा सदस्यहरूकाे उपस्थिति रहेको थियाे। केन्द्रीय कार्यालयमा सम्पन्न बैठकले कर्मपथकाे आगामी कार्ययोजनाबारे परामर्शसमेत गरेको छ।

प्रकाशित मिति: : 2024-01-29 17:46:00

प्रतिकृया दिनुहोस्