प्युठानमा बेवारिसे अवस्थामा नवजात शिशु फेला

Symbolic photo
Symbolic photo

प्युठानको प्युठान नगरपालिका जुम्रिमा बेवारिसे अवस्थामा फालिएको अवस्थामा नवजात शिशु फेला परेको छ।

बुधबार बिहान साढे ६ बजे जुम्रीमा रहेको होटेल आयुष्मा नजिकैको एउटा घरको छेउमा जस्ताको छाप्रोमा राखिएको अवस्थामा बच्चा रोएको आवाज आएको थियो। त्यसपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए।

कपडाले छोपेर झोलुङ्गोमा राखेको अवस्थामा बच्चा भेटाएको र अहिले जिल्ला अस्पताल बिजुवारमा राखिएको जिल्ला प्रहरी कार्यालय प्युठानका प्रहरी निरीक्षक हुमानन्द खनालले जानकारी दिए।

नवजात शिशु छोरी भएकोसमेत उनले बताए।

प्रकाशित मिति: : 2024-01-31 15:09:00

प्रतिकृया दिनुहोस्