आहा रारा गोल्डकप उपाधिको लागि थ्रिस्टार र आर्मी भिड्ने

पोखरामा जारी २३औँ संस्करणको आहा रारा गोल्डकपको उपाधिको लागि थ्रिस्टार क्लब र त्रिभुवन आर्मी क्लबबीच प्रतिस्पर्धा हुने भएको छ।

फाइनल खेल शनिबार पोखरा रगंशालामा हुँदैछ। सेमिफाइनलमा त्रिभुवन आर्मीले चर्च ब्वाइज क्लबलाई २-१ ले पराजित गरेर फाइनलमा आफ्नो स्थान सुरक्षित गरेको थियो। थ्री स्टारले भने जावलाखेल युथ क्लबलाई १-० ले हराउँदै फाइनलमा पुगेको थियो।

गत माघ ९ गतेदेखि सुरु भएको प्रतियोगिताको विजेता टोलीले १२ लाख एक हजार रुपैयाँ नगदसहित ट्रफी पुरस्कार प्राप्त गर्नेछन्।

त्यस्तै, उपविजेता टोलीले छ लाख एक हजार नगदसहित ट्रफी पाउने छन्। थ्री स्टारले हालसम्म पाँच पटक आहा रारा गोल्डकपको उपाधि जितेको छ भने आर्मी उपाधिविहीन छ।

प्रकाशित मिति: : 2024-02-02 17:04:00

प्रतिकृया दिनुहोस्